एजेन्सी, १३ असोज। तपाइलाई पत्याउन गाह्रो हुन्छ कि मानिस सर्पमा रुपान्तरण हुन सक्छ ? तर नाइजेरियामा एउटा यस्तै घटना भएको छ। नाइजेरियामा एक युवा गर्लफ्रेन्डलाइ लिएर होटेलमा गएका थिए।
उनीहरु दुवै जना एक अर्काबीच रमाइलो गरिरहेका थिए। तर अचानक गर्लफ्रेन्डको शरीर सर्पमा परिणत हुन थालेपछि उक्त युवा निक्कै त्रसित भए।
आफ्नो गर्लफ्रेन्ड सर्प भएको देखेपछि उनी आत्तिदै होटेल बाहिर भागेका थिए। उनी डरले हतारमा कपडा नै नलगाइकन चिच्याउँदै बाहिर भागेको देखेपछि होटेलको कर्मचारी हेर्न जाँदा उनको गर्लफ्रेन्ड आधा सर्प आधा युवतीलाई बेडमा बसेको देखेका थिए।
कर्मचारीहरुले उनलाई यस्तो अवस्थामा देखेपछि कोठामा बन्द गरेर प्रहरीलाई खबर गरेका थिए। तर प्रहरी त्यहा पुगेपछि युवती गायब भइसकेकी थिइन्। होटेलको कर्मचारीले प्रहरीलाई धेरै सम्झाउने कोसिस गरे पनि प्रहरीले भने उनीहरुको कुरा मान्न तयार भएका थिएनन्।
प्रहरीले उक्त युवालाई नियन्त्रणमा लिएको छ। प्रहरीले युवकमाथि होटेलको कर्मचारीसँग मिलेर युवतीको हत्या गरेको आरोप लगाएको छ।
0 comments:
Post a Comment