काठमाण्डौ । राष्ट्रसंघको साधारणसभामा भारतले पाकिस्तानलाई आतंककारी राष्ट्र घोषणा गर्न माग ग¥यो । काश्मीरको उरीमा भएको हमलामा पाकिस्तानको हात रहेको र आतंक मच्चाएको विरोधमा भारतले पाकिस्तानलाई आतंककारी राष्ट्र घोषणा गर्न माग गरेको हो ।
त्यही बैठकमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफले साथ भने साथ, लात भने लात भन्ने अभिव्यक्ति दिएर भारतले युद्ध गर्न चाहेको हो भने पाकिस्तान तैयार छ भन्ने अभिव्यक्ति दिए ।
पाक प्रधानमन्त्रीले त्यही वैठकमा चीनका राष्ट्रपतिलाई भेटे र भेटपछि चीनका राष्ट्रपतिले युद्ध भए चीनले पाकिस्तानलाई सघाउ“छ भनेपछि भारत फल्स पोजिसनमा पुगेको छ ।
काश्मीर क्षेत्रमा भारत र पाक दुबैको सैनिक गस्ती भइरहेको छ । कुनै पनि बेला युद्ध छेडिने स्थिति छ । रुसलाई छाडेर अमेरिकातिर लागेको भारतलाई अमेरिकाले सघाउने बचन दिइसकेको छैन ।
अमेरिका भारत र पाक दुबैतिर फिफ्टी फिफ्टी सम्बन्ध राखिरहेको छ । १७ करोडको पाकिस्तानले १ सय ३० करोडको भारतलाई आणविक अस्त्र ठोकिदिउ“ भनेर तर्साउ“दा पनि भारत आइज भन्न सकिरहेको छैन ।
अर्थात युद्धको तैयारी चलिरहेको छ, युद्ध भइहाल्यो भने कारगिलपछिको भिषण युद्ध हुने अनुमान गरिएको छ । दक्षिण एसियामा भारत र पाक वीचको १९४७ देखिको काश्मिर विवाद आजसम्म पनि सुल्झिन सकेन । राष्ट्रसंघले सुल्झाउन सकेन ।
पाकिस्तानका रक्षा मन्त्री छन्– ख्वाजा असिफ । असिफले दोहो¥याएर भनेका छन्– भारत यसैगरी आफ्नो गल्ती लुकाउन र सम्बन्ध बिगार्न उद्दत भएर पाकिस्तानमाथि आतंककारी राष्ट्र घोषणा गर्न उक्साहटमा लागिरहन्छ भने पाकिस्तान चुप लाग्दैन, आणविक अस्त्र ठोकिदिन्छ ।- See more at:
0 comments:
Post a Comment