११, असोज, धादिङ । धादिङको उत्तरी क्षेत्रको मार्पाकमा यात्रुबस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
सदरमुकामबाट किन्ताङफेदीतर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय ‘लपाङ चौतारा’ नजिकै दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको र १५ जना घाइते भएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताए ।
0 comments:
Post a Comment