जानि राखौँ मेवा खानुको अनेकौँ फाईदाहरु :







जानि राखौँ मेवा खानुको अनेकौँ फाईदाहरु :
डिसीनेपाल डटकम – हामीले दैनिक रुपमा फलफूल खाने गर्छौँ तर कुन मौसममा कस्तो फाईदा गर्छ भन्ने तर्फ ध्यान दिदैनौँ । अधिकांश फलफूलले मानिसको स्वास्थ्यमा धरै फाइदा गर्नुका साथै विभिन्न रोगको उपचारमा पनि सहयोग गरेको हुन्छ । यिनै फलफूल मध्ये आज हामी गर्मी मौसमा मेवा खानुका फाईदाहरुको बारेमा बताउनेछौँ । फलफूल एक भएपनि मेवाका फाइदा अधिक रहेका छन् ।

मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ । त्यस्तै मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ । मेवामा कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउँछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ । मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ ।

यसले पेटका जुका तथा परजीवीलाई नष्ट गर्छ । मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ । मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले गर्भवती महिलाको वाकवाकी र अरूची हट्छ । खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ । यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ । विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउँछ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment