नवलपरासीमा एक युवकले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेका छन्




नवलपरासी, ७ वैशाख, नवलपरासीमा एक युवकले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेका छन् । देवचुली नगरपालिका–१२ बस्ने २५ वर्षीय रामु भुसालले आफ्नै शरीरमा आफैँ आगो लगाई आत्मदाह गरेका हुन् । मानसिक सन्तुलन ठीक नभएका भुसालको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, अत्यधिक मदिरा सेवन गरेका कारण जिल्लाको बन्जरिया–९ धर्मपुरका ६२ वर्षीय रामसिंह गाहा मगरको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता स्थानीय पिडरा खोलामा माछा मार्न गएका नवलपरासी जहदा–९ का ६० वर्षीय कोदइ हरिजनको खोलामा डुबेर मृत्यु भएको पनि प्रहरीले जनाएको छ
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment