शीर्ष नेताहरुको बिचमा ८ मिटर गहिरो खाल्डो भित्र विना अक्सिजन वषौँ बस्न सक्ने अभिव्यक्ति दिए सिद्धबाबाले (भिडियो सहित)>




शीर्ष नेताहरुको बिचमा ८ मिटर गहिरो खाल्डो भित्र विना अक्सिजन वषौँ बस्न सक्ने अभिव्यक्ति दिए सिद्धबाबाले (भिडियो)
मिडिया एनपी, काठमाडौँ । विना अक्सिजन ९ दिनसम्म भू–समाधिमा बसेका सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजले फेरी पनि चिकित्सा विज्ञानलाई चुनौती दिँदै ८ मिटर गहिरो खाल्डो भित्र वषौँ सम्म बस्न सक्ने अभिव्यक्ति दिएका छन् । काठमाडौँमा आयोजीत प्रवचन समारोहलाई सम्बोधन गर्दै सिद्धबाबाले मुलुकका चर्चित नेता, विद्धान दार्शनिक तथा कैयौ दर्शक र भक्तजनहरुलाई साँक्षी राख्दै भने ‘८ मिटर गहिरो खाल्डो तपाई आँफै खन्नुहोस्, र हिम्मत गरेर मलाई समय तोकिदिनुहोस म बस्न तयार छु ।’ ‘तपाईले १० घण्टा १ वर्ष वा १० वर्ष जतिभन्नुहुन्छ म त्यति नै बस्छु र पनि मेरो भौतिक शरिरलाई कुनै असर पार्ने छैन’ उनले भने ।
सिद्धबाबाले आँफु जति समय बसेपनि आफ्नो भौतिक शरीरको एक प्वाइन्ट ग्लुकोज पनि नघटाई सकुसल बाहिर निस्किन सक्ने दाबी गरेका छन् । उनले वर्तमान विज्ञान अनुसार आफुलाई समाधिमा बस्नु अघि र निस्किसकेपछि पनि परिक्षण गर्न सक्ने बताउँदै भनेका छन् ‘यो सबै विज्ञानको विषयका कारण भएको हो ।’ यस्तो कठोर तपस्या गर्नुको पछाडी उनले तर्क प्रस्तुत गर्दै भनेका छन् ‘यसमा विभिन्न आधारहरु छन्, जसका कारण आँफु जमिन मुनी र पानीमा मात्रै तपस्या गर्ने होइन आकाशमा समेत यत्तिकै अडीन सक्ने बताए ।’ उनले सो अवसरमा आकाशमा समेत आँफु कुनै आधार बिना अडिन सक्ने दाबी गरे ।
कार्यक्रममा पुर्व गहृमन्त्री बामदेव गौतम, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, सिचाईमन्त्री प्रेम ब सिंह, त्रिविका विज्ञहरु उनको प्रवचन सुनेर मुखामुख गरीरहेका थिए । यसअघि पोखरामा ९ दिन भू समाधि गरेर सकुसल बाहिर निस्किएका सिद्धबाबाले राष्ट्र र मानव कल्याणका लागि आफू समाधिमा लागेको बताएका थिए । पोखरामा समाधिका लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस तयार पारिएको थियो, जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसमा ४ वटा साँचो लगाइएको थियो । उनी पहिलो पटक २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भू–समाधि बसेका थिए ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment